Bagmati Samachar Logo

काठमाडौंमा गोली प्रहार गरेर लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । मंगलबार काठमाडौंको टोखामा गोली चलेको छ । टोखामा गोली प्रहार गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।

कारोबारीको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका दुई जना प्रहरी घाइते भएका छन् ।