Bagmati Samachar Logo

रचनालाई एपेन्डेक्स भएपछि रुकुमबाट सेनाकाे हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । गायिका रचना रिमाललाई रुकुम पश्चिमको महोत्सवमा सहभागी हुन रुकुम पुगेको समयमा विमारी भएकी छिन् । रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन सोमबार रुकुम पुगेकी थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएको छ ।

सोमबार महोत्सवमा प्रस्तुति दिन रुकुमप पश्चिम पुगेकी रिमालको पेट दुःखेपछि राती २ बजे रुकुमको मिसनरी अस्पताल भर्ना गरेको महोत्सव आयोजक डिल्ली परियारले बताए । उनले भने,‘रचना बहिनीले पेट दुख्या भनेपछि राती २ बजे रुकुमको मिसनरी अस्पतालमा भर्ना गर्र्यौ । त्यहाँ एपेन्डेक्स हो भनेपछि बिहानै सुर्खेतबाट हेलिकप्टर मगाएर नेपालगन्ज पठायौँ । त्यहाँबाट बुद्ध एयरको जहाजमा काठमाडौँ जानु भयो । एरपोर्टमा डा. भोला रिजालले एम्बुलेन्स पठाउनु भएको थियो । अहिले उहाँको अस्पतालमा उपचार भइरहेको छ ।’