अहिले देशको राजनीतिमा उतारचढाव भइरहेका छन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीति उतारचढाव अवस्थामा रहेको बताएका छन् ।
माओवादीको भ्रातृ संगठन रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले अब संविधान कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्न केन्द्रित हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छन् तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरेका छौँ । हामी समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेका छौँ ।’
उनले आफू नेतृत्वको सरकार भएको बेलामा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष महत्त्व दिएको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस्: