संसदमा विपक्षीको अवरोध कायमै, आधा घण्टाका लागि बैठक स्थगित
काठमाडौं । सोमबार दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक साढे ३ बजे सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ ।
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।
१३ जेठदेखिको संसद बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि १० दिनभन्दा बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्: