Bagmati Samachar Logo

वाईसीएललाई प्रचण्डले भने हामीलाई अपमानित गर्नेको प्रतिवाद गर्नु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सयममा माओवादीलाई अपमानित गर्ने काम भइरहेकाले त्यसको प्रतिवाद गनै वाईसीएललाई निर्देशन दिएका छन् । वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर जान निर्देशन दिएका छन् ।

प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने षड्यन्त्र गरिरहेकाले माओवादीले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन्।

उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’

वाईसीएलले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नु पर्ने बताए ।