काठमाडौ जिल्लाबाट वाईसीएलको केन्द्रीय सदस्य मनोनित भएकाहरुबाट सपथ ग्रहण बहिष्कार

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल काठमाडौँ जिल्लाबाट केन्द्रीय सदस्यमा मनोनित भएकाहरुले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।
काठमाडौँ जिल्ला समिति बैठकबाट केन्द्रीय सदस्य सिफारिस गरिएपनि महाधिवेशनमा आफूखुसी सदस्यहरू हेरफेर र थपघट गरेको भन्दै आइतबार विज्ञप्ति जारी गर्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।
जिल्ला अध्यक्ष रुपेश दंगाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला समिति काठमाडौँले सिफारिस गरेका केन्द्रीय सदस्यहरूलाई हेरफेर र थपघटगरिएको प्रति असहमति जनाउँदै सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्दछौँ ।’
विज्ञप्तीमा जथाभावि मनोनित गरेको केन्द्रीय सदस्यहरुलाई कानुनि रुपमा हल गर्न पनि आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘शुल्क सहित बुझीसकेको अवस्थामा मनोमानी ढंगले नाम हेरफेर गरेर थपघट गरि प्रकाशित गरेकाले उक्त नामावलीमा असहमति जनाउदै सपथग्रहरण समारोह बहिस्कार गरेका छौँ ।’
शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो । उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका थिए भने महासचिवमा गणेश शाही निर्वाचित भएका थिए ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: