Bagmati Samachar Logo

वाईसीएलमा पुष्प ओलीको नेतृत्वमा ७५ पदाधिकारीमा २२ उपाध्यक्ष , १९ उपमहासचिव र ३१ सचिव चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का नवनिर्वाचित ७५ पदाधिकारीहरु सहित केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहरण गरेका छन् । शपथग्रहरण गर्नु भन्दा केहि समय पहिला वाइसीएलले पदाधिकारीको अन्तिम नामावली सार्वजनिक गरेको थियो । शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।

उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ ।

सहमतिकै नाममा वाईसीएलले पदाधिकारी संख्या ३५ सदस्यीय जना बढाएर ७५ पुर्‍याइएको छ । यो टालटुले सहमति अनुसार अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही र कोषाध्यक्षमा राजीव गिरी निर्विरोध चयन भएका छन् ।

वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकांक्षी थिए । शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेप र लामो रस्साकसीपछि सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिएको थियो ।