अखिल महाधिवेशन : ओलीले भनेजस्तै सर्वसम्मत होला कि निर्वाचन
काठमाडाै । अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट ३२ वर्ष उमेर हद लागेपछि अखिलका अहिलेका सचिवबाट अध्यक्षकोे दौडमा छन् ।
जसमा दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई , अञ्जना सिवाकोटी र प्रकाश पौडेल छन् ।
हाई कमाण्डका सदस्यहरुको स्वार्थका कारण पनि सर्वसम्मत नेतृत्व चयन हुनेमा प्रतिनिधिहरुलाई नै आसंका छ । निर्वाचन भएमा अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने सम्भावना रहेको छ । दीपक धामी , डा. सुजन कडरिया र प्रकाश पौडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
धामी अनेरास्ववियुको २२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा कमिटी पर्नगठन हुदाँ स्थायी कमिटी सदस्य भएका थिए । २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा डोटीबाट चयन भएका थिए ।
पौडेलले २०६७ सालको जनकपुर महाधिवेशनबाट प्रतिनिधिका रूपमा अनेरास्ववियु यात्रा सुरु गरेका थिए । उनी म्याग्दी जिल्ला अध्यक्षदेखि गण्डकी प्रदेश अध्यक्ष, केन्द्रीय सचिव छन् । त्यस्तै, डा. कडरिया महाधिवेशन प्रतिनिधि बनेकै समयमा केन्द्रीय सचिव बनेका थिए ।
बिदाई हुने नेताहरु पनि विभाजीत
उमेरहदका कारण विदाई हुने पदाधिकारीहरु पनि विभाजीत छन् । उपाध्यक्षहरु धर्म गिरी, गोबिन्द गिरी, नारायण घर्ती र मर्यादा बिस्टले दिपक धामीलाई अघि सारेका छन् ।
महासचिव नरेश रोकायाले कडरियालाई अघि सारेका छन् । उपाध्यक्षहरु एक समुहमा र अध्यक्ष र महासचिव भने फरक फरक समुहमा देखिएका छन् ।
त्यस्तै महासचिवमा पनि पाँच जनाले दाबी पेश गरेका छन् ।
जसमा आरके रोमस, विसका श्रेष्ठ, सुनील कँडेल, कमल जोशी र मदन भण्डारी रहेका छन् ।
हाई कमाण्ड नै दुई खेमामा विभाजीत
महाधिवेशन सम्मपन्न गर्न र नयाँ नेतृत्व चयन गर्न गठन गरेको सात सदस्यीय हाई कमाण्ड नै दुई खेमामा विभाजीत छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ७ सदस्यीय हाई कमाण्ड चयन गरेको । यो हाइ कमाण्डमा अनेरास्ववियुका पूर्व अध्यक्षहरु छन् । जसमा माधव ढुंगेल, नविना लामा, किशोरविक्रम मल्ल, ऐन महर, सुनिता बराल र समिक बडाल छन् । बडाल भने हाल अध्यक्ष नै छन् । यो हाई कमाण्डको जिम्मा अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुमा सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । एमाले निकट भ्रातृ संगठनका महाधिवेशनमा युवा संघ बाहेक कसैमा निर्वाचन भएको छैन ।
अनेरास्ववियुमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न हाई कमाण्ड नै गठन गरेर ओलीले मैदानमा पठाएको छ । तर उक्त हाई कमाण्ड नै दुई खेमामा विभाजित छ ।
एक खेमाको नेतृत्व ढकालले गरेका छन् भने दोस्रो खेमाको नेतृत्व ढुङगेलले गरेका स्रोतले बताए । स्रोतले भने,‘उहाँहरु नै दुई समुहमा विभाजित हुनु हुन्छ । अनि कसरी नेतृत्व सर्वसम्मत चयन हुन्छ । आकांक्षि पाँच जना छन् । दुई समुहले दुई जनालाई बोकेर हिड्नु भएको छन् । सर्वसम्मत नेतृत्व चयन हुने छाँटकाँट देखिदैन । युवा संघमा निर्वाचन भएको थियो । यता पनि त्यहि होला जस्तो छ ।’
ढकाल समुहमा ऐन महर,नविना लामा, समिक बडाल छन् । ढुङगेल समुहमा किशोर मल्ल, सुनिता बराल छन् ।
ढकाल समुहले अध्यक्षका आकांक्षि प्रकाश पौडेललाई बोकेका र ढुङगेल समुहले डा. सुजन कडरियालाई बोकेको स्रोतले बताए । स्रोतले भने,‘हाई कमाण्डको नेतृत्व गरेका भानुभक्त ढकालले नै १७ गते प्रकाश पौडेललाई बोकेर प्रधानमन्त्री भेटाउन बालुवाटार लग्नु भएछ । ढकालले प्रकाश बोकेको छन् । ढुङगेल समुहले सुजन कडरियालाई बोकेका छन् । अनि अरु तीन जना पनि आकांक्षि छन् । तीनका बारेमा के हुन्छ ? कमाण्डर सुरुबाट नै पक्षपाति देखिए ।’
७ जनाको समिति अनेरास्ववियुको महाधिवेशन सम्मपन्न गर्ने अध्यक्ष मण्डले भएको कमिटीका सदस्य किशोर विक्रम मल्लले बताए । उनले भने,‘यो कमिटीले अनेरास्ववियुको २४ औँ महाधिवेशन सम्मपन्न गर्ने छ । यसको भूमिका अध्यक्ष मण्डलको हो । महाधिवेशन सम्पन्न गर्नुको साथै नेतृत्व चयन पनि यहि समितिले गर्छ । नेतृत्व चयन सकेसम्म सर्वसम्मत गछौँ भएन भने विकल्प छदैँछ ।’
नेकपा एमालेको यहि जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको छ । एमालेको उक्त निर्णयसँगै ३२ वर्ष भन्दा माथिका अध्यक्षका आकांक्षिहरु सबै बाहिरीने छन् ।
अखिलमा विराटनगर कि पोखरा ?
एमालेका भ्रातृ संगठनहरूमा नेतृत्व चयनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत भन्दै र गराउदै आएका छन् । युवा संघमा अपवाद बाहेक सबै भ्रातृ संगठनमा ओलीले सर्वसम्मत नेतृत्व चयन गराउदै आएका छन् । अखिलमा पनि आकांक्षिहरु भए आफूमा सर्वसम्मत गराउने नभए निर्वाचनमा जान चाहन्छन् तर विराटनगरमा ओलीले प्रेस चौतारीको महाधिवेशनमा अध्यक्षका आकांक्षि राजेश राईलाई उम्मेदवारी दर्ता गर्न नै दिएका थिएनन् । गणेश पाण्डेललाई सर्वसम्मत अध्यक्ष बनाएका थिए । यसलाई अहिले पनि विराटनगर काण्ड भन्छन् ।
पछिल्लोपटक युवा संघको नेतृत्व चयनमा भने ओलीको निर्देशन फेल खाएको छ । पोखरामा भएको युवा संघको महाधिवेशनमा आकांक्षिबीच सर्वसम्मत हुन नसेकपछि निर्वाचन भएको थियो ।
यसलाई पोखरा काण्ड भनिन्छ । अखिलमा पनि विराट नगर काण्ड दोहरीने कि पोखरा काण्ड दोहरीने भन्नेमा अन्यौल रहेको एक अध्यक्षका आकांक्षि बताउछन् ।
युवा संघ र चौतारी मात्रै होइन, अन्य भ्रातृ संगठनहरूमा पनि ओलीले यस्तै नीति अपनाउँदै आएका छन् ।
हालसम्म १० वटा भ्रातृ संगठनमा अध्यक्ष ओलीको निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । जुन अखिलमा पनि दोहो¥याउन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्: