Bagmati Samachar Logo

वाईसीएलको नेतृत्व घोषणा सभामा झडप , शक्ति बस्नेत हल छोडेर भागे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व घोषणा गरिरहेको कार्यक्रममा झडप भएको छ । अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित घोषणा गरेपछि हलमा झडपको अवस्था आएको एक प्रतिनिधिले बताए। शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित घोषणा सभामा माओवादीका उपमहासचिव शक्ति बस्नेत सहभागी भएका थिए । तर झडपको अवस्थठा आएपछि बस्नेता हल छोडेर भागेका एक प्रत्यक्षदर्शीले बताए ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । वरिष्ठ उपाध्यक्षमा नवराज ऐर र महासचिव गणेश शाही चयन भएका छन् । आजै विधान संशोधन गरेर ३५ सदस्यीय पदाधिकारीबाट ७१ सदस्यीय पदाधिकारी संख्या बनाएको छ । वरिष्ठ उपाध्यक्षको पदन पनि निमार्ण गरेको छ । त्यस्तै कोषाध्यक्षमा राजीव गिरी चयन भएका छन् ।