Bagmati Samachar Logo

वाईसीएल नेतृत्व सर्वसम्मत चयन गदै निर्वाचन नहुने

काठमाडाै‌ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी अन्तिम अन्तिममा पुगेको छ । ६ दिनदेखि जारी राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएको स्रोतले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्न चाहेका थिए । बिहीबारको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले आफूलाई महासचिव दिनु पर्ने माग राखेका थिए । तर अहिले आएर उनको समुहबाट अध्यक्ष्का दाबेदार नवराज ऐरलाई उपाध्यक्ष दिने र अध्यक्ष र महासचिव आफ्नै समुहबाट बनाउने तयारी गरेको स्रोतले बताए । अध्यक्षमा प्रचण्ड समुहबाट तीन जना आकांक्षि थिए । अध्यक्षका आकांक्षि केयरसिंह कुँवरलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर उनले वाइसीएलेको अध्यक्ष हुने भन्दै अरुलाई नेतृत्व नछोड्ने अडान राख्दा एक दिन सम्मेलन लम्बिएको थियो ।

शुक्रबार प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन मात्र दिएका छैनन् अध्यक्ष,उपाध्यक्ष र महासचिवको नाम पठाएको स्रोतको दाबी छ ।
सर्वसम्मत वाईसीएलको नेतृत्वको लागि प्रचण्डले अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा नवराज ऐर र डम्बर पुलामी , महासचिव गणेश शाहीको नाम पठाएका स्रोतले बताए ।
अन्य पदाधिकारीमा भने उपमहासचि शक्ति बस्नेतm वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा, अध्यक्ष सुबोध शेर्पालीले मिलाएर टिम बनाउने तयारी गरेका छन् ।
टिम बनाउनको लागि अहिले बन्दसत्र तीन घण्टाको लागि स्थगित गरेको एक प्रतिनिधिले बताए ।

कुँवरलाई केन्द्रीय सदस्य बनाउने भन्दै ओलीलाई नेतृत्वमा ल्याउने भएका छन् । तीन दिनसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास भएपनि सहमति हुन नसकेपछि पार्टी अध्यक्षले नै अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको र ती नाममा सहमति गर्न निर्देशन दिएको वाइसीएलका एक प्रतिनिधिले बताए । ती प्रतिनिधिले भने, ‘तीन दिन सम्म निरन्तर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रसाय भयो । तर पार्टी र वाइसीएलका नेताहरुले भनेको कसैले नमानेपछि सिधै हेडक्वाटरबाट नाम पठाएको हुन् । अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार हुदै छ । आज नै नयाँ नेतृत्व सर्वसम्मत चयन हुने छ ।’

बिहीबार दिन भरी पनि नेतृत्वले आकांक्षिसँग बसेर छलफल चलाएको थियो । तर कोहि पनि आफ्नो अडानबाट पछाडि हट्न तयार भएनन् । तर दिन दिनै छलफल गर्दा पनि सहमति नभएपछि हेडक्वाटरले नाम पठाएर नेतृत्वको लागि सहमति गर्न निर्देशन दिएका छन् ।
चार जना आकांक्षिमा कुँवर बाहिरीदा, ओली अध्यक्ष, पुलामी र ऐर उपाध्यक्ष र शाही महासचिव हुने पक्का पक्कि भएको स्रोत बताउछन् ।
शर्मा समुह उपाध्यक्षमा चित्त बुझाउने

बिहिबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले सर्वसम्मत चयन गर्न आफू निकटलाई महासचिव दिनुपर्ने माग राखेका थिए ।
तर प्रचण्डले उपाध्यक्ष शर्म समुहलाई दिएर अगाडि बढ्ने तयारी गरेको छ ।

शर्मा समुहले महासचिव नपाएपछि उपाध्यक्षमा चित्त बुझाउनु पर्ने छ । अन्य पदाधिकारी पनि पाउने छन् । वाइसीएलमा उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म शर्मा समुहका नेताहरु चयन हुने छन् । निर्वाचन हुँदा पनि के हो के हो ? जस्तो अवस्थामा शर्मा समुह थियो ।
निर्वाचन नहुने भएपछि शर्मा समुहले पनि उपाध्यक्षमा नै चित्त बुझाउने छन् ।

अब निर्वाचन नगर्ने भनेपछि उपाध्यक्ष भएपनि चित्त बुझाउने त होला नि भन्दै दिक्दारी प्रकट गरे शर्मा निकट एक वाइसीएलका नेताले । ती नेताले भने,‘निर्वाचन नगर्ने भनेपछि के गर्नु ? प्रक्रियाको लागि उम्मेदवारी दिने हो । नेतृत्व सर्वसम्मत चयन गर्ने भनेका छन् । हामीलाई उपाध्यक्ष दिने भनेको छन् । त्यसमै चित्त बुझाउने त होला । यस्तै छ यहाँ । निर्वाचन पनि लड्न नदिने भनियो ।’

निर्वाचन हुँदा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको थियो । जसमा प्रचण्ड र जनार्दन समूहबीच विभाजन भएको थियो ।
प्रचण्ड समूहबाट कुँवर, ओली र पुलामी थिए भने शर्मा समुहबाट ऐर थिए । तर अन्तिमा ओलीले बाजि मार्ने भएका छन् ।