६ वर्ष पहिला मोदीले ‘मै भी चौकिदार’ अभियाननको सिको गदै आएकालेको ‘म झोले हो’ अभियान
काठमाडौं । १७ जेठमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनमा ओलीले ‘म नेकपा एमालेको झोले हुँ, म जनताको झोले हुँ’ भन्दै आफूलाई ‘झोले’ भनिएकोमा गर्व लागेको बताएका थिए । उनले भनेका थिए, ‘म कबुल गर्छु– झोले हो । जनताको झोले हो । राम्रा कुरा बोक्न बनेका झोलामा दलाली गरेर हिँड्छन् । जनताको हितको झोला बोक्ने, गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झोला बोक्ने झोले हो । कुनै सामन्तको दुई कौडी लिएर सामन्तको झोला बोकेको छैन । इतिहास नबंग्याउने झोला बोक्छु । म नेकपा एमालेको झोले हो । अब चित्त बुझ्यो प्रतित्रियावादीहरूलाई रु म झोले हो ।’
त्यसको दुई दिनपछि ओलीले झोले पोस्टर सार्वजनिक गरेपछि एमालेले त्यसलाई अभियानकै रूप दिएको छ ।
भारतमा मोदीले चलाएका थिए ‘म पनि चौकीदार’ अभियान
म पनि चौकीदार (मैं भी चौकीदार) अभियान भारतमा सन् २०१९ को लोकसभा चुनावको समयमा भारतीय जनता पार्टी (भाजपा) र यसका समर्थकहरूले सुरु गरेका थिए । यो अभियान विशेष रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वमा रहेको सरकारको समर्थनमा केन्द्रित थियो ।
सुरुमा सन् २०१८–१९ मा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले राफेल लडाकु विमान सम्झौतामा कथित् भ्रष्टाचारको आरोप लगाउँदै ‘चौकीदार चोर है’ (चौकीदार चोर हो ) नारा दिएका थिए । त्यसको जवाफ दिँदै सन् २०१९ मा मोदीले ट्वीटरमा ह्यासट्याग प्रयोग गरेर ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको सुरुवात गरेका थिए । मोदीले आफ्नो ट्वीटरको प्रोफाइलको नाम नै परिवर्तन गरेर ‘चौकीदार नरेन्द्र मोदी राखेका थिए ।
त्यसपछि भाजपाका नेताहरू, कार्यकर्ताहरू र समर्थकहरूले यो ह्यासट्यागलाई व्यापक रूपमा प्रयोग गरेका थिए । २०१९ को लोकसभा चुनावमा भाजपाले ३०३ सिट जितेर ऐतिहासिक जित हात पारेको थियो । विपक्षीको ‘चौकीदार चोर है’ ९चौकीदार चोर हो०को नारालाई मोदीको ‘मै भी चौकीदार’ ९म पनि चौकीदार०को नाराले काउन्टर दिएको थियो । नेपालमा पनि राजावादी र तिनका समर्थकहरूलाई काउन्टर दिन एमालेका नेता कार्यकर्ताले झोले अभियान सुरु गरेका छन् । अहिले एमालेको यो अभियानलाई मोदीको त्यही अभियानको नक्कल भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । मोदीको त्यतिबेलाको ‘मै भी चौकीदार’ अभियान हिट भए पनि अहिले ओलीले चलाएको ‘म झोले हो’ अभियानले भने आलोचना खेपिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: