Bagmati Samachar Logo

ललितपुरमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर सम्पन्न, अधिकांशमा सुगर र प्रेसर

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजन तथा पत्रकार महासंघ ललितपुरको समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परिक्षण, भिडियो एक्सरे, मुटु तथा मृर्गौला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटि, एलएफटि, सिबिसी, स्त्री लगायत रोगको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएका बताए । उनले शिविर निक्कै प्रभावकारी भएको र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएको जनाए ।

परिक्षण गरेका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको पाइएको छ । ७७ मध्ये २७ जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा। अमरदिप साहले जानकारी दिए । पत्रकारहरू अरूलाई सुचना र खबरदारी गर्न दिनरात खटिरहदा आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेको उनको भनाई छ ।

बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा। अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा। भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूको लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे । उनले शिविर उदाहरणिय रहेको भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए ।