हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिने र यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: