Bagmati Samachar Logo

काठमाडौंमा मेट्रोरेल र मनोरेलको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले काठमाडौंंमा मेट्रो रेल र मनो रेल सञ्चालन गर्ने विषयमा सम्भाव्इता अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा मेट्रोरेल र मनोरेलको सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।

काठमाडौंं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न यी विकल्प खोजिन थालेको उनले बताएका हुन्।

त्यस्तै अर्थमन्त्री पौडेलले अध्ययन सम्पन्न भएका सुरूङमार्गहरू दुम्किवास, बर्दघाट, खुर्कोट, बबई, शक्तिखोर हेम्जा, नयाँ पुल, कुलेखानी–भीमफेदी, धरान लेउतीको निर्माणको लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बताए।

टोखा–छहरे, शिवपुर भालुवाङ, रानीघाटाभुरीगाउँ, दोलालघाट चर्नावती, हात्तीसार बबई सुरूमार्गको अध्ययन सम्पन्न गरिने बताइएको छ।