नक्खु कारागारबाट रिहा भए आलम

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएसंगै आजै रिहा भएका छन् । नक्खु कारागारमा रहेका उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए ।
यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदाल तको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: