प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागेको हो, जवाफ होइन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकसँग जवाफ नभएर राजीनामा मागेको बताएका छन्।
बुधबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीको प्रतिपक्षले राजीनामा मागेको छ, जवाफ होइन।’
प्रतिपक्षले संसदीय छानबिन समितिको माग गर्दा पनि सरकार त्यसका लागि तयार नभएको भन्दै शाहीले आक्रोस समेत पोखे।
उनले भने, ‘हामी प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने र संसदीय छानबिन समिति नबनाउँदासम्म, त्यसको वाचा नगर्दासम्म संसदलाई अगाडि बढ्न नदिने हिजोकै विषयवस्तु हो ।’
प्रतिक्रिया दिनुहोस्: