युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबेले ७९६ मतसहित निर्वाचित भएका हुन । यो भन्दा पहिला उनी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।
पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा दुई दिन सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्ने प्रयास भएको थियो । तर पुरीले आफूलाई सर्वसम्मत अध्यक्ष नबनाउने भएपछि निर्वाचनको माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: