युवा संघमा गण्डकीबाट महिला केन्द्रीय सदस्यमा सरस्वती पुरीको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि सोमवार विहान मतदान हुने भएको छ । आइतवार रातिसम्म उम्मेदवारी मनोनयन सकिएको छ ।
गण्डकी प्रदेश भूगोलबाट महिला केन्द्रीय सदस्यमा सरस्वती पुरीले उम्मेदवारी दिएकी छिन् । उनी सानै उमेरबाट राजनीतिमा सक्रिय रहदै आएकी थिइन् । स्कुल पढ्दा एमालेको भ्रातृ संगठन अनेरास्ववीयुमा संगठित हुदै राजानीति गरेकी थिइन् ।
विद्यार्थीबाट बाहिरीएपछि युवा संघमा दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेकी हुन् । एक कार्यकाल गण्डकी प्रदेशको युवा संघको उपसचिव भएर सफल तरिकाले कार्यकाल सम्पन्न गरेकी थिइन् । पछिल्लो समयमा उनको छबि राजनीतिकमा मात्र नभएर सामाजिक कार्यक्रममा सक्रिय रहदै आएकी छिन् ।
स्वास्थ्य क्षेत्रमा पनि काम गदै आएकी पुरीले प्रदेशबाट महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छिन् । उनले नर्सहरूकाे हक हितकाे लागि पनि काम गर्दै आएकी छिन । लामो समयदेखि सामाजिक राजनीति र स्वास्थ्य क्षेत्रमा सक्रिय रहदै आएकाले आफूलाई सबैले भोट दिएर विजयी गराउने उनले बताइन् । उनले भनिन्, ‘मैले सानै उमेरबाट अनेरास्ववीयुमा विद्यार्थी राजनीति गरे, त्यसपछि युवासंघको राजनीति गदै आएकी छु , स्वास्थ्य क्षेत्रमा सक्रिय छु । सामाजिक क्षेत्रमा त्यतिकै सक्रिय छु । अहिले युवासंघमा सबै प्रतिनिधिले मत दिएर विजयी गराउने छन् भन्ने आसा भरोसा र विश्वास छ ।’
स्वास्थ्य क्षेत्रमा पनि काम गदै आएकी पुरीले प्रदेशबाट महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छिन् ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले मैदानमा उत्रेका छन् ।
प्रतिक्रिया दिनुहोस्: