युवा संघ निर्वाचन : दुबै समुहले गरे प्यान घोषणा ,यी हुन पुरी र थेबे समुका प्यानल

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि सोमवार विहान मतदान हुने भएको छ । आइतवार रातिसम्म उम्मेदवारी मनोनयन सकिएको छ ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले मैदानमा उत्रेका छन् । पुरी र थेबे दुवैको तर्फबाट पदाधिकारीको प्यानल सार्वजनिक भएको छ ।
पुरीको टीमबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको छन् । महासचिवमा कुबेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।
पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।
निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र बिनय शाहले उम्मेदवारी दिएका छन् । महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ ।
क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: