Bagmati Samachar Logo

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ ।

गृहमन्त्री लेखक भिजिट भिसामा मुछिएको र प्रधानमन्त्रीले बचाउ गरेको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनीहरूको पुतला जलाइएको अखिल क्रान्तिकारीले जनाएको छ । हाल गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन् । उनको राजीनामा माग भइरहेको छ ।