युवा संघको महाधिवेशनमा थेबे पक्ष र पुरी पक्षबीच नाराजुलुस
काठमाडौं । नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालको पोखरामा जारी महाधिवेशन स्थलमा नाराबाजी सुरु भएको छ ।
पोखरा सभामा जारी १० औं महाधिवेशनको बन्दसत्र अध्यक्ष क्षितिज थेबेलाई नै दोहराउने भनेपछि अर्को पक्षले त्यसको विरोध गरेको छ । बन्द सत्रमा नेताहरुले नै थेबेलाई नै दोहराउने योजना सुनाए त्यसपछि अन्य आकांक्षिहरुले नारा जुलुस सुरु गरेका छन् । नारा जुलुस गरिरहेको समुहमा थेबे समुह र अर्का अध्यक्षका आकांक्षि सुमन पुरी समुह रहेका छन् ।
थेबे पक्षका युवाहरूले क्षितिज थेबे जिन्दावाद, युवा संघले के भन्छ, क्षितिज थेबे ले भन्छ जस्ता नारा लगाएका छन् भने पुरी पक्षले पनि युवा संघले के भन्छ सुमन पुरी ले भन्छ भन्दै नाराबाजी गरेका छन्।
संघका वर्तमान अध्यक्ष थेबे पुन अध्यक्षमा दोहोरिन चाहेका छन् भने महासचिव पुरी पनि अध्यक्षका प्रत्यासी देखिएका छन्।
संघले हालसम्म निर्वाचन तालिका भने सार्वजनिक गरिसकेको छैन।
युवा संघका एक नेताका अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष थेबेलाई नै पुन अध्यक्षमा दोहोर्याउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेका छन्। पुरी पक्ष भने निर्वाचन प्रक्रियामा जान चाहेको ती नेता बताउँछन्।
महाधिवेशनमार्फत आइतबार नयाँ नेतृत्व टुङ्गो लगाएर महाधिवेशन सकिने कार्यतालिका छ।
शुत्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका थिए । उनले महाधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ नगर्न निर्देशन दिएका थिए।
महाधिवेशनमा भाग लिन देशभरका सबै पालिका र जिल्लाबाट प्रतिनिधि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: