Bagmati Samachar Logo

एमालेमा आफू निकट नेताहरुका साथ पूर्वराष्ट्रपति भण्डारी चीन जादै

काठमाडाै‌ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यहि १० गते छिमेकी राष्ट्र चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भण्डारी सहित नेकपा एमालेकाका नेताहरु सात दिने भ्रमणमा जान लागेका हुन् । उनको टोली जेठ १० गते चीनको बेइजिङ प्रस्थान गर्ने छन् ।

भण्डारीको भ्रमण दलमा नेकपा एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, गोमा देवकोटा, देवी भट्टचन लगायतका जादै छन् ।

बेइजिङमा रहँदा उनले चिनियाँ उच्च तहका नेताहरूसँग भेट गर्ने भनिएपनि को कोसँग भेटघाट छलफल हुने भन्नेबारेमा कार्यक्रमको सूचि नआएको बताइएको छ ।
भण्डारीलाई गत वर्ष पनि चीन जान खोजेकी थिइन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै एमालेका नेताहरु लिएर जान नदिएको चर्चा चलेको थियो ।
यो पटक भण्डारीसँग जानेहरु सबै भण्डारी निकट मानिन्छन् ।

पछिल्लो समयमा भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको छ । चर्चाकाबीच आफू निकट एमालेका नेताहरुलाई साथमा लिएर चीन भ्रमणमा जानु भण्डारीले सक्रिय राजनीतिमा फर्कनु भन्दा पहिला छिमेकी चीनको पनि समर्थन खोजेको अर्थमा बुझीएको छ ।