Bagmati Samachar Logo

इजरायलले गाजामा सुरु गर्‍यो नयाँ ‘अपरेसन’

काठमाडौं । इजरायली सेनाले गाजामा नयाँ कारबाही सुरु गरेको छ।

यो अभियान हमासको उन्मूलन र यसको हिरासतमा रहेका बाँकी बन्धकहरूको रिहाई सुनिश्चित गर्नका लागि भएको इजरायली सेनाले जनाएको छ।

इजरायली रक्षा बलले आफ्नो हिब्रु एक्स अकाउन्टमा लेखेको छ, ‘हामीले ‘अपरेसन गिदोनको रथ’का लागि हाम्रा सेनाहरू भेला गरेका छौँ। यस अपरेसनको उद्देश्य गाजा पट्टीमा अवस्थित मुख्य रणनीतिक क्षेत्रहरूको नियन्त्रण गर्नु हो।’

इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स अकाउन्टमा यस अपरेसनको नाम प्रयोग गरेको छैन।

पोस्टमा भनिएको छ, ‘यो अपरेसन हमासलाई नष्ट नगरेसम्म र इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म जारी रहनेछ।’

इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० भन्दा बढी स्थानहलाई निशाना बनाएको बीबीसीले जनाएको छ।