Bagmati Samachar Logo

भारतका मन्त्रीले जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्धता जनाए

काठमाडौँ । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय संकटको प्रभाव भारतमा पनि प्रत्यक्ष रूपमा महसुस गरिएको बताएका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयक सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले भारत जस्तो महत्वपूर्ण हिमाली भूभाग रहेको देशमा पनि वातावरणीय असन्तुलनका असरहरू देखिएको उल्लेख गरे।

उनले भने, ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरहरु भारतमा पनि प्रत्यक्ष रूपमा देखिएका छन्। हिमाली राज्यहरू र त्यहाँका जनताको पीडालाई हामीले नजिकबाट अनुभव गरेका छौं। हाम्रो वातावरणीय भविष्य एक अर्कासँग अभूतपूर्व ढंगले गाँसिएको छ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत जलवायु परिवर्तनको चुनौतिलाई समाधान गर्न प्रतिबद्ध रहेको सो क्रममा बताए।