५० दिनपछि थुनामुक्त भए मिश्र भने राजा ल्याउन लागेको हुँ राज्यद्रोह गरेको होइन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन पछि थुनामुक्त भएका छन् । ५० औँ दिनपछि शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफुले नबनाएको बताए । उनले यस घटनामा राज्य आफविरुद्ध लागेको बताए ।
उनले आफुले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।
मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।
हिरासतमुक्त भएपछि सञ्चारकर्मीसँग बोल्दै मिश्रले आफूमाथि लगाइएको संगठित अपराध, राज्यविरुद्धको अपराध र आपराधिक उपद्रवजस्ता आरोप निराधार भएको दाबी गरे । उनले आफूले न्यायको लडाइँ लड्न बाँकी नै रहेको बताए ।
‘म अझै न्यायका लागि लडिरहन्छु । अहिले म छुटेको छु, तर मुद्दा जारी नै छ,’ मिश्रले भने, ‘अहिले म खाली हाजिरी जमानीमा छुटेको हो । धेरै खुसी हुने, यो गर्ने, त्यो गर्ने पक्षमा छैन । अझै ९संघर्ष० बाँकी छ । राज्य मविरुद्ध लागेको भन्ने स्पष्ट छ ।
प्रतिक्रिया दिनुहोस्: