देउवाले डडेलधुरा पुगेका प्रचण्डलाई फोन गरे, जनार्दनले घरमै गएर भेटे

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर शर्माले देवासँग भेटवार्ता गरेका हुन् । हिजो मध्य पहाडि लोकमार्गको अभियानको सुरुवात गर्न देउवाको गृहजिल्ला पुगेका प्रचण्डलाई आज बिहान देउवाले फोन गरेर हालखबर सोधीखोजी गरेका थिए । प्रेस सेन्टरले आज बिहान डडेल्धुरामा गरेको पत्रकारसम्मेलनमा प्रचण्डले आफूलाई देववाले फोन गरेको बताएका थिए ।
प्रचण्डले पत्रकारहरूसँग भनेका थिए, ‘म यहाँ बस्दै गर्दा देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’ उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् ।
माओवादीका अध्यक्ष प्रचण्डले यसअघि नै देउवा प्रधानमन्त्री बने सरकार बाहिरै बसेर भएपनि समर्थन गर्न तयार रहेको सन्देश बूढानीलकण्ठ पुर्याएका छन् ।
प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमै पुगेका छन् । देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् ।
सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो माओवादी केन्द्रका उपमहासचिव शर्मा बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।
सभापति देउवासँगको भेटमा देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उपमहासचिव शर्माले बताएका छन् ।
भेटपछि शर्माले फेसबुकमा तस्वीर राख्दै लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
विगतमा पाँच दलीय गठबन्धन हुँदा पनि कांग्रेस नेताहरूसँग शर्माको राम्रो सम्बन्ध थियो । पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग सहकार्य अघि बढाउन अर्का उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्: