Bagmati Samachar Logo

भारतलाई रातारात युद्ध विरामका लागि तयार पार्ने ती चिनियाँ लडाकु विमान

एजेन्सी
काठमाडौं । गत बुधबार बिहान करिब ४ बज्जदा नबज्दै पाकिस्तानका लागि चिनियाँ राजदूत केही हतारिएका थिए। उनले आफ्ना विमानहरू युद्धमा प्रयोग पछिको नतिजाबाट असाधारण सैन्य सफलताको खुसी साँट्नका लागि हतारिँदै विदेश मन्त्रालय पुगे।

रिपोर्टहरू अनुसार, केही घण्टा अघि मात्रै पाकिस्तानले चीनमा बनेका जे १० सी लडाकु विमान प्रयोग गरेर भारतका केही शक्तिशाली र विश्वास बोकेका विमानहरू खसाली दिएको थियो। जसले युद्धमा परिक्षण भएका चिनियाँ लडाकु विमानको परिक्षणको पूर्ण सफलता मात्र दिएन विश्वभर पुनः एकपट नयाँ वहसनै सिर्जना गरिदियो।

‘हाम्रा लडाकु विमानहरूले तीनवटा भारतीय राफाल खसाले।’ केही दिनअघि संसदमा बोल्दै पाकिस्तानका विदेशमन्त्री इसहाक डारले भने, ‘ती तीनवटै राफाल फ्रान्सका थिए। हाम्रा विमान भने जे १०सी थिए।’

विदेशमन्त्री डारका अनुसार, दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच द्वन्द्व सुरु भएपछि निद्रामै भएका चिनियाँ प्रतिनिधिहरू पाकिस्तानको रक्षा सफलताबाट निकै उत्साहित भएका थिए। किनकी चीन आफ्ना सैन्य लडाकु विमानमा अव पूर्ण विश्वस्थ बन्न पाएको छ। त्यसोत नजिक र साझेदार मित्र राष्ट्र भएको नाताले एक(अर्का विरुद्ध खुसी पनि साटासाट गरे।

भारतले पाँचवटा लडाकु विमान गुमाएको रिपोर्टमा औपचारिक प्रतिक्रिया दिएको छैन। तर, राफाल खसाल्ने घटनामा चिनियाँ विमानको संलग्नताले सुरक्षा क्षेत्रलाई झस्काएको छ र विमान निर्माता कम्पनी ‘चङ्दु एअरक्राफ्ट कर्पोरेसन’ को शेयर मूल्यमा उछाल आएको छ। उसको एकैदिनमा २० प्रतिशतसम्म सेयर मुल्य बढेको छ।

हालसम्म, चिनियाँ हतियार प्रणालीहरूलाई राफालजस्ता पश्चिमी बनावटका प्रणालीहरूसँग प्रत्यक्ष युद्धमै परीक्षण गरिएको थिएन। भारतीय वायु सेनाले राफालको सबैभन्दा अत्याधुनिक मोडेल — एफ३आरएस सहितका ३६ वटा राफाल विमान प्रयोग गरिरहेको छ।

केही दिन अघि फ्रान्सेली गुप्तचर स्रोतलाइ उदृत गर्दै सिएनएनले कम्तीमा एउटा राफाल लडाकु विमान खसाइएको पुष्टि गर्‍यो। युद्धको समयमा राफाल हराएको यो पहिलो घटना हो।

चिनियाँ लडाकु विमानहरू भिडन्तमा संलग्न थिए वा थिएनन् भन्ने प्रश्नमा चीनको विदेश मन्त्रालयले आधिकारिक रूपमा भन्यो कि उनीहरूलाई ‘यस विषयको जानकारी छैन’। तर बिहीबार साँझ, एक अमेरिकी अधिकारीले रोयटर्सलाई लाई दिएको जानकारी अनुसार एक जे(१०सी लडाकु विमानले दुई भारतीय लडाकु विमानहरू एयर(टु(एयर मिसाइल प्रयोग गरी खसालेकोमा पूर्णतया विश्वस्त छ।

यो घटनाले सम्भवतस् जे(१०सीको पहिलो ‘किल’ पुष्टि गर्छ। यो विमान सन् २००३ मा पहिलोपटक सेवा प्रवेशमा आएको थियो। यसलाई ब्रिटिश युरोफाइटर टाइफूनजस्तै ‘४।५ पुस्ताको लडाकु विमान’ भनेर वर्णन गरिएको छ। जुन अमेरिकी एफ(३५ जस्ता पाँचौं पुस्ताका विमानहरूको स्तरसम्म लगभग पुग्छ।

चिनियाँ सरकारी स्वामित्वको ग्लोबल टाइम्सका पूर्व सम्पादक हु जिक्सिनले यो लडाइँले एउटा महत्वपूर्ण कुरालाइ स्थापित गरेको बताए। उनका अनुसार चीनको सैन्य उत्पादन क्षमताले अब रुस र फ्रान्सलाई पूर्ण रूपमा पछि पारेको बताए। उनले थपे, ‘ताइवान अझै बढी त्रसित हुनु पर्ने अवस्था आएको छ।’ तर, सुरक्षाविशेषज्ञहरू भने दुई प्रविधीय प्रणालीबीचको भिडन्तलाई लिएर अहिलेनै धेरै निष्कर्षहरुमा पुग्नु हतार हुने बताउँछन्। कतिपयले भारतीय राफाल खस्नुमा पाइलटको गल्ती वा भिडन्तका नियमहरू पनि कारण हुनसक्ने बताउँछन्।

तर स्रोतका गुप्तचर विश्लेषकहरू अहिले भारतीय टेलिभिजनमा प्रसारण गरिएको र सामाजिक सञ्जालमा साझा गरिएका चिनियाँ बनावटको पिएल १५ मिसाइलको अवशेषका तस्वीरहरूलाई गहिरोसँग अध्ययन गरिरहेका छन्।

यो मिसाइल, जुन जे १० सी लडाकु विमानले बोक्ने गर्दछ, पहिले कहिल्यै युद्धमा प्रयोग भएको थिएन। तर पाइलटले देख्न सक्ने क्षमताभन्दा धेरै टाढाका लक्ष्यहरूमा प्रहार गर्न सक्ने यसको क्षमता बुधबार बिहानको भिडन्तको विवरणसँग मेल खाने देखिएको जनाइएको छ।

भिडन्तमा भारतको राफाल विमान खसालिएको पुष्टि खुला स्रोत गुप्तचर विश्लेषकहरूले गरेका छन्, जसको भग्नावशेष भारतको बठिण्डा नजिकै फेला परेको थियो। यसै भिडन्तसँग सम्बन्धित अर्को महत्वपूर्ण तथ्य चिनियाँ बनावटको पिएल(१५ मिसाइल प्रयोग भएको हो, जसको भग्नावशेष भारतीय टेलिभिजनमा प्रसारण गरिएको थियो र सामाजिक सञ्जालमा पनि ती तस्वीरहरू व्यापक रूपमा फैलिएका छन्। पिएल(१५ मिसाइल पहिल्यैदेखि ‘उच्च क्षमतायुक्त’ मानिँदै आएको हो, तर यो भिडन्त नै यसको पहिलो वास्तविक प्रयोग भएको विश्वास गरिन्छ।

पिएल(१५ मिसाइल जे(१०सी विमानमा जडान गरिन्छ, जुन पाकिस्तानले हालै चीनबाट प्राप्त गरेको हो। मिसाइलले १४५ किलोमिटरसम्मको दूरीमा लक्ष्य भेदी गर्न सक्छ। प्रक्षेपणपश्चात यो मिसाइलले महाशक्तिशाली बुस्टरको सहायताले म्याक ५ भन्दा बढी गति प्राप्त गर्ने मानिएको छ। जसलाई हाइपरसोनिक गतिको रूपमा चिनिन्छ। भारतीय विदेश मन्त्रालयले समेत पत्रकार सम्मेलनमा शक्तिशाली मिसाइल प्रयोग भएको स्वीकारेको थियो।

मिसाइलले सुरुमा प्रक्षेपण प्रणाली वा अन्य सवारीमा जडित एइएसए राडारमार्फत मार्गनिर्देशन प्राप्त गर्छ, र लक्ष्य नजिक पुग्दा आफैंमा जडित राडार सक्रिय गरी अत्यन्तै सटीक रूपमा लक्ष्यमा प्रहार गर्ने गर्दर्छ। दुई चरणको मोटर प्रणालीले अन्तिम चरणमा मिसाइललाई फेरि तीव्र गतिमा अघि बढ्न सहयोग गर्छ, जसले ‘नो(इस्केप जोन’ बनाइदिन्छ।

पिएल १५ को यस्तो प्रदर्शन चीनको रक्षा प्रविधिको सफलता देखाउने सार्वजनिक प्रमाण भएको विश्लेषकहरू बताउँछन्। मिसाइल प्रविधिमा अनुसन्धान गरिरहेका फैबियन होफम्यानका अनुसार, अर्कोतर्फ, चीनको पिएल १५ मिसाइल विकास भएपछि अमेरिकाले त्यसको प्रतिस्पर्धामा पराजित नहुने गरी लामो दूरीको मिसाइलमा लगानी सुरु गरेको थियो।

हाल पाकिस्तानले पिएल १५ मिसाइल जेएफ(१७ ब्लक ३ विमानमा समेत प्रयोग गर्न थालेको छ, जुन जे १०सीभन्दा कम उन्नत भए पनि शक्तिशाली संयोजन मानिएको छ। हालै पाकिस्तानको सेनाले आफ्नो सैन्य क्षमताको प्रदर्शन गर्ने भिडियो युट्युबमा सार्वजनिक गरेको थियो, जसमा पिएल १५ मिसाइलसहितको जेएफ(१७ विमान प्रष्ट देखिन्छ।

भारत र पाकिस्तानबीचको भिडन्तले अब ती देशहरूको सैन्य साझेदारबीचको प्रतिस्पर्धालाई पनि उजागर गरेको छ। स्टकहोमस्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (एसआइपिआरआइ) का अनुसार, पाकिस्तानले २०१९ देखि २०२३ सम्म आयात गरेका ८२ प्रतिशत हतियार चीनबाट ल्याएको छ।

यता दिल्लिले भने पश्चिमी साझेदारहरूबाट हतियार खरिद बढाएको छ र रुससँगको निर्भरता कम गरेको छ। २००६ देखि, फ्रान्स, इजरायल र अमेरिकाबाट हुने हतियार खरिदमा वृद्धि भएको छ। मस्को बाट हुने आयात ७५ प्रतिशतबाट घटेर ३६ प्रतिशतमा पुगेको एसआइपिआरआइ ले जनाएको छ।

रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका एसोसिएट फेलो डा। वाल्टर लाडविगले भने, ‘पाकिस्तानको ठूलो लाभ भनेको यसको मुख्य हतियार आपूर्तिकर्ता चीन हुनु हो।’ उनले थपे ‘भारतको रक्षा बजेट कागजमा ठूलो छ, आधुनिककरणको बजेट पनि ठूलो छ।’ तर, बेइजिङले तुलनात्मक रुमपा कम लगानिमा पाकिस्तानलाई रक्षा क्षेत्रमा ठूलो सहयोग दिएको छ।

डा।लाडविगका अनुसार, भारतका मुख्य आपूर्तिकर्ता, रुस र फ्रान्स (जसले क्रमशः ३६ प्रतिशत र ३३ प्रतिशत आयात प्रदान गर्छन्) आफ्ना अर्डर पूरा गर्नमा ढिला भएका कारण भारतको वायुसेना भने अझै पनि पुराना मिग सञ्चालन गर्दै आएको छ।

कसरी सम्भव भयो युद्धबिराम

भारतले अनपेक्षित जवाफ प्राप्त गरेपछि र पश्चिमा हतियारहरुको प्रयोगमा भारत आश्वस्त हुन नसक्दा र अमेरिकाले पाकिस्तान र भारतमाथि दबाब निरन्तर बढाइरहँदा उ युद्ध रोक्न तयार भयो। तर चीनले यो घोषणा भएलगतै पाकिस्तानलाई आफ्नो खुलेर साथ रहेको जनायो। जसले चीन अझै आफ्ना हतियार प्रयोग र परिक्षण होस् भन्ने चाहनाका साथ केही दिन युद्ध लम्बियोस् भन्नेमा रहेको विश्लेषकहरुले बताएका छन्।

युद्ध विरामको सम्झौता जुन हदमा छिटो र द्रुत गतिमा भयो। यसलाई धेरैले भारत पछि हटेका रुपमा लिएका छन्। यद्यपि विश्व शान्तीका लागि भएको यो निर्णय सबैको हितमा भएको अमेरिका र युरोप लगायले मान्दै आएका छन्। तर युद्ध विराम सम्झौतापछि पनि दुबै टिमले आक्रमण गरेको एकअर्कालाई आरोप लगाएका छन्। तर कडाइ साथ कार्यन्वयन गर्न अमेरिकाले दबाब बढाएको छ र सम्भवत अब युद्ध उन्मादको होडमा रहेको भारतलाई पाकिस्तानको प्रारम्भिक युद्ध जवाफलेनै सिथिल बनाएको र युद्ध विराममा रातारात सहमत गराएको मानिएको छ।

याहु डटकमबाट अनुवाद