Bagmati Samachar Logo

भारतका चार राज्यका १२ ठाउँ पाकिस्तानको निसानामा

काठमाडौं । पाकिस्तानले ड्रोन र मिसाइल आक्रमण गरेको छ । जसलाई भारतले एस ४०० हवाई रक्षा मिसाइल प्रणालीले असफल बनाएको छ। पाकिस्तानले कश्मीरदेखि राजस्थान र पञ्जाबको सीमा क्षेत्रमा गोलीबारी र आक्रमण गरिरहेको छ। भारतले जम्मू नजिकै पाकिस्तानको एफ १६ विमान खसालेको दाबी गरेको दैनि भास्करले जानकारी दिएको छ।

जम्मू र पठानकोटमा आत्मघाती ड्रोन आक्रमण भएको छ। पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई निशाना बनाएको थियो । जसलाई भारतीय हवाई रक्षा प्रणालीले विफल बनाएको दाबी गरेको छ ।

चार राज्यका १२ शहर निशानामा
जम्मू–कश्मीर  : जम्मू, सांबा, केरन, तंगधार, करनाह, अखनूर, आरएसपुरा सेक्टर, अरनिया

पञ्जाब : पठानकोट

राजस्थान : जैसलमेर, पोखरण

गुजरात : भुज

जम्मू, किश्तवाड़, अखनूर, सांबा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गरिएको छ। पाकिस्तानले आरएसपुरा सेक्टरमा भारी गोलाबारी गरिरहेको छ। स्थानीय बासिन्दाले धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको बताएका छन्। कुपवाडा र बारामुल्ला नजिकैको नियन्त्रण रेखा ९ीयऋ० मा पाकिस्तानले भारी गोलीबारी गरेको छ, जसको भारतीय सेनाले जवाफ दिइरहेको छ।

राजस्थानको जैसलमेरमा पाकिस्तानले ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमा जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ। पञ्जाब, जम्मू(कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालंधर र अमृतसर, साथै राजस्थानको बीकानेर र श्रीगंगानगरमा पूर्ण ब्ल्याकआउट गरिएको छ।