Bagmati Samachar Logo

पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया : यो दुःखद हो

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई ुदुःखदु भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ुयो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ, हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।

उनको यो टिप्पणी भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो । १५ दिन पहिला पहलगाममा भएको आक्रमणको बदलास्वरूप भारतले बुधबार राति पाकिस्तानतर्फ आक्रमण गरेको बताएको छ ।