सरकारले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र परिवारलाई छात्रवृत्ति दिने
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र परिवारलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडीहरू र उनीहरूका सन्ततीलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: