Bagmati Samachar Logo

नयाँ आर्थिक वर्षदेखि आन्तरिक रोजगारी दशक घोषणा गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२८३ देखिको दशकलाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको घोषणा गरेका हुन् ।

आधारभूत श्रम मापदण्डको कार्यान्वयन, दक्ष जनशक्तिको पलायन रोक्ने, देशभित्रै उद्यामशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्न यस्तो घोषणा गर्न लागिएको हो ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई समेत सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था र मापदण्ड बनाउनेसमेत उल्लेख गरिएको छ ।