Bagmati Samachar Logo

टीआरसीसम्बन्धी आयोगको अध्यक्षमा ८ र सदस्यमा २४ जना सर्ट लिस्टमा (सूचीसहित)

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिले दुई आयोगका अध्यक्ष तथा सदस्यका लागि सम्भावित उम्मेदवारको छोटो सूची सार्वजनिक गरेको छ । आइतबार बसेको समितिको बैठकले सर्ट लिस्ट सार्वनजिक गरेको हो ।

समितिले मागेको आवेदनमध्येबाट आयोग अध्यक्षका लागि ८ जना र सदस्यका लागि २४ जनाको नाम सर्ट लिस्टमा छ ।

आयोगका लागि समितिको आहनअनुसार १११ जनाले निवेदन दिएका थिए । तीमध्येबाट सर्ट लिस्ट तयार गरिएको हो । यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । सरकारले गत चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
यो भन्दा पहिलाका १५६ जनाका आवदेनहरु भने त्यतिकै रद्द भएका थिए ।