Bagmati Samachar Logo

प्रधानमन्त्रीले बर्खास्त गरे राज्यमन्त्री तामाङलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री ओलीले तामाङलाई बर्खास्त गरे छन् ।

यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग नगरेको भन्दै तामाङमाथि मन्त्री दीपक खड्काले पटक पटक आरोप लगाउने गरेका थिए ।
राज्यमन्त्री हुँदा तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण समेत सोधेका थिए ।

नेपाल विद्युत प्राधिकरणका विवादास्पद कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिने गरेको भन्दै प्रधानमन्त्री ओली उनीसँग रुष्ट थिए ।

ऊर्जामन्त्री कांग्रेसकै दीपक खड्का भएपनि उनीहरूबीच मन्त्रालयको कामकारबाहीमा कुनै समन्वय हुने गरेको थिएन ।
तामाङ विद्युतको बाँकि बक्यौता उठाउनु पर्छ भन्दै घिसिङको पक्षमा उभिदै आएका थिए ।