Bagmati Samachar Logo

तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष राजावादी पक्राउ

काठमाडौँ । तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले सन्तोष राजावादी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सन्तोष धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल हुन् । उनी राजावादीहरुबीचमा सन्तोष राजावादीको नामले परिचित छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो ।

काठमाडौँ–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको ब्युरोले बताएका छन् ।