Bagmati Samachar Logo

बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको जिकिर गरे । अहिले अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको उनको भनाइ छ ।
ओली नेतृत्वको सरकारप्रति कांग्रेस नेताहरुले पनि असन्तुष्टि पोख्न थालेका छन् । पहिला ओली सरकारको बचाउमा लागेका महामन्त्री थापा अहिले केहि दिनदेखि खुलेर आलोचना गर्न थालेका छन् ।

थापाले बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।
‘मलाई अहिलेसम्म थाहा थिएन। पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्नेकुरा हुन्थ्यो,ु उनले भने, ुअब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था आउनु भनेको हामी कहाँनेर पुग्यौँ ?’

फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए ।