थुनामा पठाउने आदेशपछि आजै आत्मसमर्पण गर्दै रवि लामिछाने
काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएसँगै आजै रास्वपा सभापति रवि लामिछानेले आत्मसमर्पण गर्ने भएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले आफैँ गिरफ्तारी दिने बताएका छन् । उनले यसलाई गिरफ्तारी भने पनि यो आत्मसमर्पण हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । त्यसैगरी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।चितवनको सभा नरोक्नुस्।’
उनले आफ्ना लागि न्यायका ढोका खुला रहेको समेत बताएका छन् । साथै अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: