राष्ट्रपति पौडेलसँग महजोडीको आग्रह– नेताहरूलाई सुधार्न घचघच्याउनु पर्यो
काठमाडौं । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बुधबार शीतलनिवास पुगेर महजोडी श्रेष्ठ र आचार्यले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटमा महजोडी श्रेष्ठ र आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरूलाई घचघच्याउन राष्ट्रपति पौडेललाई आग्रह गरेका छन् ।
भेटपछि महजोडीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर, राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेकाले राजनीतिक नेतृत्वलाई राष्ट्रपति पौडेललाई सुधारका लागि घचघच्याउन सुझाव दिएको बताए ।
ुदेश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलियाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्यो’, आफूहरूले राष्ट्रपति पौडेलसँग गरेको आग्रहबारे उनीहरूले भने ।
प्रतिक्रिया दिनुहोस्: