Bagmati Samachar Logo

बालेन साहले ८ लाख बराबरको जरिवाना गरेर ज्ञानेन्द्र शाहलाई काट्यो पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको पत्र शाहलाई पठाएको छ ।

राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

महानगरपालिकाले शाहलाई ८ वटा पत्र काटेको छ । शाहको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

यस्तो छ जरिवानाको किसम

कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर रु १ लाख
दमकल तोडफोड रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड रु ६३ हजार