सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
काठमाडौं । पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। दुर्गा प्रसाईको आन्दोलनको रिपोर्टिङका लागि काठमाडौंको तीनकुने पुगेका गौतमाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्। गौतम अनलाइन खबरका पत्रकार हुन ।
राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेको फोटो गौतमले खिचेपछि हमला गरेका थिए । फोटो खिचेको र सिआइडी भन्दै पत्रकार गौतममाथि प्रदर्शनकारीहरूले हमला गरेपछि उनको खुट्टा फ्याक्चर भएको छ ।
‘राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल पनि खोसेका छन् । उनको देब्रे खुट्टाको गोलीगाँठानेर भाँचिएको छ, बानेश्वरको एभरेष्ट अस्पतालमा खुट्टा प्लास्टर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: