राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।
एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक उनको शब भेटीएको थियो ।
एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा रजकले भिडिओ खिच्दै थिए।
प्रतिक्रिया दिनुहोस्: