Bagmati Samachar Logo

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । राजावादीहरुको आन्दोलनले उग्र रुप लिएपछि सरकारले काठमाडौंमा कर्फ्यू लगाएको छ । काठमाडौं जिल्ला प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

कोटेश्वर, तीनकुने र सिनामंगल, नयाँ बानेश्वर, शंखमूल क्षेत्रमा क्षेत्रमा कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।