महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, अनेरास्ववियुले भन्यो धाँधलि गरेर एक मतले जितायो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विन्दु पोखरेल निर्वाचित भएकी छन्। उनले २६० मत प्राप्त गरेकि छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले २५९ मत प्राप्त गरेकी छिन् ।
अनेरास्ववियुले भने मतगणनामा धाधली भएको जनाएको छ। दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर पोखरेलको एक मत बढी देखाएको भन्दै अनेरास्ववियुले विरोध गरेको छ ।
‘दुवै जनाको २५९–२५९ मत आएको हाे । निर्वाचन समितिले नेविसंघको एक मत बढी देखाएर जवरजस्ती निर्वाचित गराएको हो, अनेरास्ववियु नेता तथा निवर्तमान स्ववियु अध्यक्ष नोबिना बस्नेतले भनिन्।
अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्: