Bagmati Samachar Logo

सहकारी ठगीमा रवि विरूद्व चितवनमा पनि मुद्दा दायर, निकिताको नाममा  ४  चेक  काटेकाे

काठमाडौँ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरूद्व मुद्दा  दायर भएमाे छ ।   उनकाे श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत  दुई वटा चेक काटिएको मंगलबार उक्त सहकारी ठगी प्रकरणमा रवि समेतलाई विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।

‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु. ५९,३८,२५१  (उनन्साठ्ठी लाख अड्तिस हजार दुई सय एकाउन्न) र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत रु.८१,२५,००० ( एकासी लाख पच्चीस हजार रुपैयाँ) रकम भुक्तानी दिएको देखिन्छ’, अभियोगपत्रमा भनिएको छ ।

लामिछाने ०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा र सोही वर्षको चैत महिनामा सेयर होल्डरको रुपमा प्रवेश गरेको र ०७९ असार २ मा उक्त प्रालिबाट अलग भएको अभियोगपत्रमा उल्लेख छ । तर त्यसअघि र पछि पनि चेकहरु जारी भएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै अभियोगपत्रमा साहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएका रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ र जीबी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको देखिएको उल्लेख छ ।
लामिछाने विरूद्व याे चाैथाे मुद्दा दायर भएकाे छ ।   पाेखरमा ६५ लाख, काठमाडौंमा ६० लाख र रूपन्देही मा एक कराेड धराैटी बुझाएर रिहा भएका हुन ।