प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूले अध्यादेशको विरोध नगरे हुन्छ : योगेश भट्टराई
काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद योगेश भट्टराईले सांसद प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार नरहेको बताएको छ। संसद्मा पार्टीका तर्फबाट धारणा राख्दै भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले‘ एकीकृत समाजवादी पार्टीप्रति इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले समेत अध्यादेशकै विरोध गर्दा आफू अचम्ममा परेको टिप्पणी गरे। उ
सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै भट्टराईले भने, ‘माननीय प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार छैन। अरूले अध्यादेशको विरोध गर्नु, विमति राख्नु नौटकी हो।’
प्रतिक्रिया दिनुहोस्: