Bagmati Samachar Logo

क्रान्तिकारीमा सबै भन्दा बढी मत पाउने इन्दिरा पुरी , दोस्रोमा ममता अधिकारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको भातृ संगठनको नेतृत्व चयनको लागि भएको निर्वाचनमा अनुशासन आयोगको अध्यक्ष इन्दिरा पुरीले ११ सय ६ मत पाएकी छिन् । उनले लोकप्रिय मत पाएकी छिन् । पुरीले पाएको ११ सय ६ मत क्रान्तिकारीमा सबै भन्दा लोकप्रिय मत हो ।

अनुशासन आयोगमा अमिर राज खरेललाई पराजित गरेकी पुरीले क्रान्तिकारीमा उम्मेदवार बनेर विजयी हुने सबै उम्मेदवारहरुको भन्दा धेरै मत ल्याएर म्यान अफ द इलेक्सन बनेकी छिन् ।

दोस्रो मत पाउनेमा अनुशासन आयोगको समावेशी उपाध्यक्ष खम्बु जंङ मगरले ९ सय १० मत पाएका छन् । उनी पनि आयोगका उपाध्यक्ष हुन् ।

तेस्रो लोकप्रिय मत पाउनेमा निर्वाचन आयोगका समावेशी उपाध्यक्ष प्रेम तामाङ भएका छन् । उनले ८ सय ८४ मत पाएका छन् ।

छात्रा उपाध्यक्षमा निर्वाचित भएकी ममता अधिकारीले ८ सय ८२ मत ल्याएर पुरै निर्वाचितहरुमा चौथो बनेकी छिन् । अधिकारी केन्द्रीय समितिमा भने लोकप्रिय मत ल्याउने पहिलो बनेकी छिन् । उनको भन्दा बढी मत तीन जना आयोगका पदाधिकारीले पाएका छन् । तर केन्द्रीय समितिमा उनी नै पहिलो बनेकी छिन् ।

पाँचौ लोकप्रिय मत पाउनेमा कोशी प्रदेशबाट उपमहासचिव विपीन पोखरेल छन् । उनले ८ सय ३१ मत पाएका छन् ।

छठौँमा अनुशासन आयोगको छात्रा उपाध्यक्ष इन्दु के.सी छिन् । उनले ८ सय ६ मत पाएकी छिन् ।

सातौँ लोकप्रिय मत पाउनेमा बागमती प्रदेशबाट उपमहासचिव निर्मला गौतम छिन् । गौतमले ७ सय ९४ मत पाएकी छिन् ।
आठौँ दलित सचिव आशा उपरकोटीले लोकप्रिय मत पाएकी छिन् । उनले ७ सय ४३ मत पाएकी छिन् ।
३२ बर्से उमेरहद लागू भएका कारण सबै उम्मेदवार सो उमेरभन्दा तलका छन् । उमेरहद क्रान्तिकारीमा पहिलोपटक लागू भएको हो ।