अखिल क्रान्तिकारी निर्वाचन : महासचिव लगतय बहुमत पदाधिकारी जनार्दननिकट निर्वाचित
काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । गत शनिबार भएको चुनावको मतपरिणाम आउनेक्रम जारी छ । बुधबार आएको मतपरिणाअनुसार जनार्दन शर्मानिकट रोशन थापामगर ६०१ मत ल्याएर महासचिवमा निर्वाचित भएका छन् ।
यसअघि सचिव र कोषाध्यक्षको मतपरिणाम आएको थियो । उपमहासचिवमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेशी) निर्मला गौतम (बागमती), भगवान बाँस्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट, (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की .विश्वविद्यालय) निर्वाचित भएका छन् ।
चार खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जीसी, शिशिर बस्याल र सम्झना राई निर्वाचित भएका छन् ।
यस्तै, छात्रा सचिवमा तिर्सना आलेमगर र समकृति पुन निर्वाचित भएका छन् । जनजाति सचिवमा आर्टिस्ट मोक्तान र दलित सचिवमा आशा उपरकोटी निर्वाचित भएका छन् । यस्तै, मधेशी सचिवमा अमर मण्डल र खसआर्य सचिवमा जितेन्द्र भण्डारी निर्वाचित भएका छन् भने शहीद सन्तति सचिवमा युन्छो हाङ्ग मावो र कोषाध्यक्षमा फुलमाया रानामगर निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: