Bagmati Samachar Logo

पूर्व डीआईजी छविलाल जोशीमाथिको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाउने आदेश

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राख्ने छन् ।

रवि भने केहि दिन पहिला यहि प्रकरणमा ६० लाख धरौटीमा रिहा भएका छन् ।