Bagmati Samachar Logo

सार्कको विषय उठाउँदा परराष्ट्रमन्त्रीलाई जयशंकरको प्रश्न– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सक्रियताको कुरा उठाउँदा भारतीय विदेशमन्त्री एस जयशंकरसँग कुरा गरेको बताएकी छिन् ।
उनले भनेकि थिइन्, ‘भारत भ्रमणका क्रममा मैले सार्क राष्ट्रका प्रमुखहरुको बैठकबारे एस जयशंकरसँग कुरा उठाएको थिएँ। जयशंकरले त्यसबेला भन्नुभएको थियो तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? त्यसपछि मैले केही भन्ने अवस्था नै रहेन।’

सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सार्क सम्मेलनबारे कुरा उठाएपछि परराष्ट्रमन्त्री राणाले त्यसको जवाफ दिँदै त्यस्तो खुलासा गरेकी हुन्।

‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ,’ उनले जयशंकरसँग गरेको कुराकानीको जानकारी दिँदै भनिन्, ‘सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ। जयशंकरजीले तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो भन्नुभयो।’

सार्ककको १८ औं सम्मेलन सन् २०१४ मा नेपालले आयोजना गरेको थियो। १९ औं सम्मेलन पाकिस्तानमा गर्ने तय भए पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदा त्यसतया सम्मेलन हुन सकेको छैन।

नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले अर्को सम्मेलनका लागि जोड दिए पनि त्यो सफल हुनसकेको छैन। आफ्नो देशमा आक्रमण हुनुमा पाकिस्तानको दोष रहेको भन्दै भारतले पाकिस्तानसँग सार्कको ुमञ्च सेयरु गर्न अस्वीकार गर्दै आइरहेको छ।