Bagmati Samachar Logo

रविको तिहारदेखि माघिसम्म हिरासतको बास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि हिरासत पठाउने आदेश भएको छ । सोमबार भएको थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरी हिरासतमा पठाउने आदेश गरेको छ ।

लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् ।

रवि कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा २५ पुससम्म बसेका थिए । उनी आज र भोलि पनि हिरासतमै रहनेछन् । भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ ।

सरकारी वकिलहरुले बहस गर्दै रविलाई थुनामै पठाउन माग गरेका थिए । उनीहरुले रवि गोर्खा मिडियाको सेयर होल्डर भएकाले सहकारीबाट ल्याइएको पैसामा उनी पनि जिम्मेवार रहेको जिकिर गरेका छन् ।
२८ पुसमा अदालतमा हाजिर भएका थिए ।