रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा
काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ । सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा आइतबार बयान सुरु हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ ।
यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । कास्की अदालतले रिहा गरेपछि लामिछाने आइतबार बिहानै जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: